मकवानपुरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख ४ गते

मकवानपुरमा मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन्।

लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन पठाइएको उक्त कार्यालयका प्रवक्ताले जानकारी दिए।

बसका चालक बारा जिल्लाको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *