अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक १८ गते
आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै छ ।
वैकुण्ठ चतुर्दशीमा नदीमा स्नान गरी जप, ध्यान एवं दान गर्दा पुण्य पाइने विश्वास छ । वैकुण्ठ चर्तुदशीमा भगवान विष्णुको पूजा गरी रातमा जागरण गर्ने गरिन्छ । चतुर्दशीको सम्बन्ध शिव, विष्णु दुवैसित रहेको मानिन्छ ।
शिवसँग सम्बन्ध भएकोलाई शिव वैकुण्ठ र विष्णुसित सम्बन्ध भएकोलाई विष्णु वैकुण्ठ भनिन्छ ।
भगवान विष्णुका धेरै नाममध्ये एक नाम वैकुण्ठ पनि हो । कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ त्यसलाई वैकुण्ठ भनिन्छ । यसैगरी जीवनलाई नियन्त्रण गर्ने र ज्ञान दिनेरुपमा जसको प्रसिद्धि छ त्यसलाई पनि वैकुण्ठ भनिन्छ ।