आज – २० कार्तिक २०८२ बिहिवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, कार्तिक २० गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

आगन्तुकले अलमल्याउने हुँदा काममा बाधा हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

बृष (बाबिबुबेबो)#Taurus :

आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।

मिथुन (काकिकुकेको)#Gemini:

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ।

कन्या (टोपिपुपेपो)#Virgo :

स्वास्थ्यका लागि आहार–विहारमा सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ, स्वास्थ्य समस्याले कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न केही समय लाग्नेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ।

तुला (रिरुरेरोतातितुते)#Libra :

छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम पनि सम्पादन हुनेछ। प्रतिकूल परिस्थितिका बाबजुद लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ।

मीन (दिदुदेदोचि)#Pisces :

आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *