राष्ट्रपति रामचन्द्र पौडेल आज कतार बाट स्वदेश फर्किने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, कार्तिक २० गते

राष्ट्रपति रामचन्द्र पौडेल आज कतार बाट स्वदेश फर्किने भएका छन् ।

कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न उनी स्वदेश फर्किने भएका छन् ।

राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए । भ्रमणको क्रममा विभिन्न उच्चस्तरका भेटवार्ता पनि भएका थिए ।

सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण : गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि पौडेलले सम्बोधन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *