अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक २२ गते
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले आज विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा १६८को उपधारा (४) बमोजिम आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् ।
मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।