बिहारमा विधानसभा निर्वाचनका कारण शान्ति सुरक्षाका लागि सीमानाका मंगलबार सम्म बन्द

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक २२ गते

बिहारमा विधानसभा निर्वाचनका कारण शान्ति सुरक्षाका लागि नेपाल–भारत सीमा नाका आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा व्यवस्थापनका लागि तीन दिनका लागि सिमानाका बन्द गर्न लागिएको हो।

त्यस्तै, धनुषा, सर्लाही तथा रौतहट जिल्लाका प्रशासन कार्यालयहरूले पनि उस्तै सूचना जारी गर्दै उक्त अवधिभर सीमानाका बन्द हुने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *