आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, पौष १४ गते

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।

आज दिउँसो : तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सबै प्रदेशका तराई भू-भागमा मध्यान्नको समयसम्म हुस्सु/कुहिरोको सम्भावना रहेको छ। देशको पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

आज राती : तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *