प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २९ गते  

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी विधेयक, २०८१ लाई प्रस्तुत गर्ने अनुमति माग्ने र प्रस्तुत सम्भावित कार्यसूची छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण विधेयक, २०७७ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *