फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २८ गते

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिशमा प्रतिनिधिसभा विघटन गरेका छन्।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार कार्कीको सिफारिसमा भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन् ।

विज्ञप्तिका अनुसार नयाँ प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी फागुन २१ गते बिहीबारका लागि मिति तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *