आज – ३० असोज २०८२ बिहिवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असोज ३० गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

आज यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ ।

बृष (बाबिबुबेबो)#Taurus :

नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरायसी कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन (काकिकुकेको)#Gemini:

आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । शुभकार्यको योजना पनि बन्नेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ । आत्मबल पनि बढ्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :

अनावश्यक ठाउँमा धन खर्च होला । आत्मघाती काम गर्न पुगिएला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ

कन्या (टोपिपुपेपो)#Virgo :

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउ सकिनेछ । सामाजिक संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाइनेछ ।

तुला (रिरुरेरोतातितुते)#Libra :

रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको योजना बन्नेछ । पारिवारिक जमघटमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

आज प्रेममा सफलता पाइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् तर साँझमा धन खर्च हुनेछ ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

आज कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मालसामान हराउन सक्छ ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

कीर्तिमानी काम गर्ने समय छ । वाक्चातुर्यले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

आज पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

मीन (दिदुदेदोचि)#Pisces :

आज नयाँ जिम्मेवारी पाइएला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ कार्यको योजना बन्ला र शुभकार्यको चर्चा चल्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *