विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज २९ गते

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा तोकिएको छ । हिजो यो क्रमश: १४१ रुपैयाँ ५८ पैसा र १४२ रुपैयाँ १८ पैसा थियो ।

युरो एकको खरिददर आज १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा छ, जुन हिजोको तुलनामा करिब १५ पैसाले सस्तो हो ।

त्यस्तै, पाउण्ड स्ट्रलिङको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर आज ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा छ । क्यानाडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *