अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज ३० गते
मधेस प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का नेता जितेन्द्रप्रसाद सोनाल प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
यसअघि जनमत पार्टी नेतृत्वको सरकारका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत नपाएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको थियो।
त्यसपछि बुधबार लोसपा नेतृत्वको पाँच दलीय गठबन्धनले दाबी पेस गरेसँगै सोनाललाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरिएको हो।