आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदै

अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, चैत्र १९ गते 

आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पञ्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे लखनउको एकना क्रिकेट स्टेडियममा सुरु हुनेछ लखनउको कप्तानमा रिषभ पन्त छन् भने पञ्जाबको कप्तानी श्रेयस अय्यरले गर्ने छन् ।

लखनउले हालसम्म २ खेल खेल्दा १ खेल जितेको छ । पहिलो खेलमा दिल्लीसँगको रोमाञ्चक खेलमा पराजित भएको लखनउले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।

यता पञ्जाब भने आफ्नो दोस्रो खेल बल्ल खेल्दैछ । पहिलो खेलमा गुजरात टाइटन्सलाई हराएको पञ्जाबले एक हप्तापछि दोस्रो खेल खेल्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *