त्रिदेशीय टी –२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ६ गते

त्रिदेशीय टी –२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् ।

खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले यस श्रृङ्खलामा हालसम्म तीन खेल खेल्दा दुई जित र एक हार बेहोरेको छ। पहिलो खेलमा नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा बिहीबार नेपालले नेदरल्याण्ड्समाथि ६ विकेटले विजयी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *