अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १० गते
सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजे हुने छ ।
हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले १२ बजेका लागि उडान तय गरिएको नेपाल एयरलायन्सले जनाएको छ। नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर, त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो।
खाडी मुलुकका उडान रद्द भएपछि रातिदेखि नै यात्रुहरू त्रिभुवन विमानस्थलमा अलपत्र परेका छन्।