अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, असार ६ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:
दिन सहज रहनेछ। दैनिक काम अघि सूर्यको दर्शन गर्नु आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्न सक्छ। व्यापारमा लगानी सफल हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :
दिन राम्रो रहनेछ। कला र गला प्रदर्शन गर्नका लागि उपयुक्त समय छ। महत्त्वपूर्ण काम गरेर देखाउने अवसर मिल्नेछ। व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु लाभदायक हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:
तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन सहज रहनेछ। ज्ञानको दायरा फराकिलो बन्नेछ। भविष्यलाई सम्झेर व्यवहार गर्नु आवश्यक देखिन्छ। व्यवहारमा आएको अप्ठेरोले समस्यामा पर्न सक्ने योग छ। बोली र व्यवहारमा एकरुपता देखाउनु जरुरी छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :
शुभग्रहको प्रभावले अढैया शनिको दोष खासै देखिने छैन। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। तीर्थयात्राको समय पनि तय हुनसक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :
दिन राम्रो रहनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर अघि बढ्नुपर्ने समय छ। अग्रजको सुझाव महत्त्वपूर्ण बन्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :
दिन राम्रो रहनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीहरूसँग कुरा गर्दा गोपनीयता भंग नहोस् भनेर सचेत रहनुपर्नेछ। शिक्षामा निरन्तर प्रयास गरे सफलता मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :
मुल त्रिकोणमा चन्द्रमा पुगेका कारण शिक्षामा गरेको लगानी सफल हुनेछ। ठूला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार काम गर्दा सफलता मिल्नेछ। बाहिरका मान्छेहरूको साथ र सहयोग पाइनेछ। विदेशमा लगानीबाट फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:
बिहान अप्ठेरो भए पनि दिउँसोपछि सोचेको काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्ने भएकाले अनावश्यक खर्च कटौती गर्नु उचित हुनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारभित्र घाटाको जोखिम छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :
दिन राम्रो रहनेछ। थोरै लगानी गरे पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी साथीहरूले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यमा गरेको लगानी सफल हुनेछ। परिवारसँग रमाइलो घुमघामको अवसर मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गी)#Capricorn :
शुभग्रहहरूको प्रभावले साढेसातीको असर नदेखिने योग छ। कार्यशैलीमा परिवर्तन आवश्यक देखिन्छ। कृषि क्षेत्रमा घाटा हुनसक्छ। पशुजन्य व्यापारमा सचेत बन्नुपर्ने समय छ। संकटमा साथीहरूको साथ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:
साना कुराले झन्झट उत्पन्न हुनेछ। सानो विषयले धेरै दुःख दिन सक्छ। शनिदेवको सकारात्मक प्रभावले सोचेका काम बन्नेछन्। बिहान शिवको भजन सुन्न सके दिन सहज हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, ची)#Pisces :
सुरुवाती साढेसाती दशा चलिरहेको छ। व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ। खानपानमा ध्यान नदिँदा स्वास्थ्य थप बिग्रिन सक्छ। शिक्षामा गरिएको प्रयास सफल हुनेछ। गणेशको स्मरण गर्दै दिनको सुरुवात गर्दा काममा सफलता मिल्नेछ।