एनपिएलको फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २७ गते

एनपिएलको फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन् ।

यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजेदेखि सुरु हुनेछ । यी दुई टोलीमा जसले जितेपनि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो।

लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।

एपिएलको विजेताले रु एक करोड १० लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले रु ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो रु १५ लाख प्राप्त गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *