बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक २५ गते

भारतको बिहार राज्यमा विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज भइरहेको छ ।

निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् । मोरङ, सुनसरीको सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको हो ।

आजको मतदानपछि बन्द रहेका सीमा नाका खुला हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *