आज – १८ पौष २०८२ शुक्रवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, पौष १८ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ। परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ।

बृष (बाबिबुबेबो)#Taurus :

दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।

मिथुन (काकिकुकेको)#Gemini:

आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।

कन्या (टोपिपुपेपो)#Virgo :

सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।

तुला (रिरुरेरोतातितुते)#Libra :

आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

प्रशंसा बढ्नेछ। अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ। धार्मिक क्षेत्रमा रुची बढ्नेछ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ। मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ।

मीन (दिदुदेदोचि)#Pisces :

शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *