अनलाईन न्युजपाटी ,काठमांडू,समाचारदाता, असार १८ गते।
आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ४७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये १०९ जना महिला र ३६४ जना पुरुष संक्रमित हुनुहुन्छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या १४५१९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।
अहिलेसम्म निको हुनेको संख्या ५३२० जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।