अनलाईन न्युजपाटी, कैलाली,समाचारदाता, असार २० गते।
बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ। वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली पठाईएको जानकारी दिए। खोला किनार भएर उक्त गाउँमा जानुपर्ने र खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भईरहेको छ।