वीरगंज १४ पिपरामा ढलानमाथी ढलान हुदै, स्थानियहरुको गुनासो

अनलाईन न्युजपाटी,कृष्णा यादव,बिरगंज,समाचारदाता, असार २१ गते।

वीरगंज महानगरपालिकाको वडा नं. १४ पिपरामा ढलानमाथी ढलान भए पनि कंची सडक नबनेको सथानियहरुले गुनासो गरेका छन् ।

वडा अन्तर्गतको ठूलो पिपरास्थित बाईपास सडक देखी सन्त साह तेली, धुरेन्द्र पण्डित, सत्यनारायण कुर्मी, देवलाल कुर्मीको घर हुदै देव कुमार साहको घर सम्मको कच्ची बाटो लामो समय देखी खराब हुदा बन्न नसके पनि ढलान सडकमाथी ढलान कार्य भइरहेको छ ।

स्थानियहरुका अनुसार सोही ठाउँमा शिवनाथ साहको घरदेखी सन्जय साहको घर हुदै रेणुका पेट्रोल पम्प बाइपास सडक सम्म ढलान पक्की सडकमा पुन: ढलान कार्य भइरहेको छ ।

वडाध्यक्ष भरत राउत कुर्मीसंग बिग्रेको सडक निर्माण गरिदिन बारम्बर मौखिक आग्रह गर्दा निर्माण हुन नसकेको स्थानिय रन्जित प्रसाद पटेलले गुनासो गरे ।

उनले संचारकर्मीहरुसंग कुरा वडाध्यक्ष कुर्मीको साथै संघिय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारीसंग पनि बिग्रेको सडक बनाइदिन आग्रह गर्दा पनि उहाँहरुले पनि आश्वासन मात्र दिएर जाने गरेको गुनासो गरे ।

सडक बिग्रेका कारण बर्षातको समय आउन जान ग्राहो हुने गरेको अर्का स्थानिय बिनेश प्रसाद कुर्मीले वताए । संचारकर्मीहरु बिग्रेको सडक देखाउदै सडक निर्माणको लागि योजना संकलन भए पनि निर्माण हुन नसकेको कारण बुझ्न नसकेको दु:खेसो पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *