कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी १ जनाको हत्या

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता, असार २१ गते।

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी १ जनाको हत्या गरिएको छ । जिल्लाको पुर्नवास नगरपालिका ५ का ५० बर्षीया गोपाल कुँवरको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर बहादुर थापाले कुँवरका छिमेकी गौरव खड्का शनिवार राती धारिलो हतियार प्रहार गरेर हत्या गरि भागेको बताए । उनले हत्यामा संलग्न खड्का फरार रहेकाले उनको खोजी कार्य भईरहेको जानकारी दिए । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *