आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २२ गते।

नेकपा स्थायी कमिटीको बैठक असार २४ गतेसम्मका लागि  स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नगरी संसद अधिवेशन अन्त्य गरेपछि छलफलका लागि बोलाइएको बैठक सर्दै आएको छ ।

पार्टीमा बिवाद बढेपछि दुई अध्यक्ष र दोश्रो तहका नेताहरु बिच हिजो बालुवाटारमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएपछि आजका लागि बैठक बोलाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *