गैंडाको खागसहित चारजना सिनामङ्गलबाट पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २४ गते।

गैंडाको खागजस्तो देखिने वस्तु बेच्न क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले मंगलबार दिउँसो तीन बजे ललितपुरको टौखेल बस्ने सरोज गुरूङ, नयाँठिमी बस्ने बुद्धि क्षेत्री, सिनामंगल बस्ने पूर्ण परियार र शिखा गिरी बराललाई पक्राउ गरेको हो।

खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *