अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, असार २४ गते।
चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।
त्यहाँको स्थानीय पत्रिकाले जनाएअनुसार विश्वविद्यालयको प्रवेश परीक्षा गाओकाओ दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । तर पनि बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।