गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

अनलाईन न्युजपाटी पोखरा,समाचारदाता, असार २४ गते।

गण्डकी प्रदेशको कास्की जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय गण्डकीले जनाए अनुसार बुधबार दिउसो  पोखराका १० सहित कास्कीका  १३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा पोखरा महानगरका  १०  पुरुष र मादी गाउँपालिकाका  २ पुरुष तथा १ महिला रहेको  निर्देशनालयले जनाएको छ । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय २९ पुगेको छ । प्रदेशमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ रहेको छ ।

गण्डकी प्रदेशमा कोरोनालाई जितेर घर फर्किनेक्को संख्या ३ सय ५३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *