मोटरसाईकल चोरी गर्ने ३ युवा मोटरसाईकल सहित पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर,समाचारदाता, असार २४ गते।

मोटरसाईकल चोरी गर्ने ३ मोटरसाईकल सहित पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ९ बाट ३ युवा पक्राउ परेका हुन् ।

सोमवार राती करिब २ बजे पथरी शनिश्चरे नगरपालिका २ का आतेजुङ राईको घरबाटै मोटरसाइकल चोरी भएको थियो । राईको को ३४ प ६००४ नम्बरको मोटरसाइकल हराएको भनी प्रहरीलाई दिएको जानकारी अनुसार प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा बेलबारी नगरपालिका २ का २० वर्षीय पृतिमान भण्डारी, २२ वर्षीय अभिषेक कट्टेल र पथरी शनिश्चरे नगरपालिका १० का २० वर्षीय निमा तामाङ, रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *