अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार २६ गते।
आज शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाले देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको जानकारी दिएको छ ।
महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
‘एक साता बिहान घाम लागे जस्तो हुने र रातको समयमा मनसुन अत्यधिक सक्रिय रहनेछ’ जल तथा मौसम विज्ञान विभागका मौसमविज्ञ वरुण पौडेलले भने ।
प्रदेश नम्बर २ का सबै जिल्लाहरूमा बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन निक्कै सक्रिय भएकाले सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे ।