भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिए

अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, असार २६  गते।

हिजो मात्रै पक्राउ परेका भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन्। मध्यप्रदेशमा पक्राउ परेका उनलाई प्रहरीले कानपुर लैजाने क्रममा आज बिहान ७ बजे गाडी दुर्घटना भएको थियो। प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ ।

दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए ।

दुवेको छाती र कम्मरमा गोली लागेको छ। अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा उनको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ।

भारतको कानपुरमा दुवेलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि कारवाही गर्दा एक डीएसपीसहित ८ जना प्रहरीको हत्या गरी दुवे फरार थिए।  प्रहरीले दुवेलाई पक्राउ गर्न अपरेसन नै चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *