अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन ४ गते
आज गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन्। गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार पोखरा महानगरपालिकाका ६ जनासहित १२ जनामा कोरोना पुष्टि भएको हो।

निर्देशक विनोदविन्दु शर्माका अनुसार कास्की र लमजुङबाट ६- ६, जनामा कोरोना पुष्टि भएको हो। यो सँगै गण्डकीमा संक्रमितको संख्या १३०२ पुगेको छ।
संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।