सरकारले पि सि आर टेस्टमा लगाएको शुल्कको विरुद्ध मा नेपाली कांग्रेस पर्सा द्धारा बिरोध प्रदर्शन

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बिरगंज,समाचारदाता, साउन ४ गते

नेपाल सरकारले पिसिआर परिक्षणको शुल्क लिने निर्णयको विरोधमा नेपाली कांग्रेस पर्साले आज विरोध प्रर्दशन

बिरगंजका उधोगी, ब्यवसाई, र जन्ताहरुले नारायणी अस्पतालको लागि चन्दा संकलन गरेर पि सि आर मेसिन खरिद गरेको छ । त्यस कारण कुनै पनि हालतमा शुल्क लिन पाउदै।

नेपाली कांग्रेस पर्साले आइतबार वीरगञ्ज स्थित नारायणी अस्पताल अगाडी बिरोध प्रदर्शन गरि सरकारले गरेको पि सि आर परिक्षणको शुल्क फिर्ता लिन मांग समेतको प्लेकार्ड सहित सरकारको निर्णयको विरोध गरेका छन।

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले कोरोना भाईरस महामारीका कारण आर्थिक संकटमा परेका देश बासिलाइ पिसिआर परिक्षणका लागी ५५०० सय रूपैया शुल्क लगाएर सरकारले जनतालाई अर्को पिडा दिन खोजिएको बताए।

विरोध कार्यक्रमका अगुवा पर्सा सभापति अजय द्विबेदी प्रदेश सभासदस्य ओमप्रकाश शर्मा ,बिरगंज महानगर पालिकाका उपमेयर शान्ती कार्की , जिल्ला सचिव श्याम पटेल , कोषाध्यक्ष इम्तियाज आलम ,क्षेत्रीय सभापति बिजय सराफ, नगर सभापति भोला गुप्ता,दिना गुप्ता ,प्रकाश उपाध्याय , अरविन्द गुप्ता, ललन द्विवेदी,रोशन लामिछाने , रुपा श्रेष्ठ , सुशील खेतान, सुधीर पटेल, लगायत नेताहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *