एसपी पन्तको कार्यशैलीले पर्साबासि निकै खुशि ६ महिनामा करिव ५ करोड रुपैया बराबरको अवैध समान पक्राउ गरि भन्सारमा बुझाए

अनलाईन न्युजपाटी संजु छत्कुली,बिरगंज,समाचारदाता, साउन ५ गते।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् ।

पर्सा प्रहरी उपरीक्षक पनतले लकडाउनलाई सफल पार्नेको लागि  १८/ १८  घण्टा आफै डियुटि गरि लकडाउनको पालना गराई सफल बनाउनु भएको छ।

त्यसतै वीरगञ्जको घंटाघर देखी मुर्लिसम्म  नाला सरसफाई अन्र्तगत भारतिय महावाणिज्य दुतावास सम्मको नाला सरसफाई गरिएको त्यसैगरी वीरगञ्जको भगवति टोलको नाला पनि सरसर्फाइ गरिएको छ । त्यस्तै व्यवस्थित बनाउनका लागि सडकमा जथाभावि छोडिएका छाडा पशु चौपायलाई पनि नियन्त्रणमा लिइएको  छ। आज वीरगञ्जको विभिन्न क्षेत्रबाट २० वटा छाडा चौपाय नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका छाडा चौपायलाई आर्दशनगरस्थित काँजी हाउसमा राखिएको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको नेतृत्वमा सञ्चालित अभियानले अहिले वीरगञ्जको सौन्दर्य बढ्नुका साथै मुहार समेत फेरीनेमा अभियानताहरु विश्वस्त छन् ।त्यसै गरि एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको पहिलो एसपी हुन् ।

क्राईम टोली प्रहरीको ईन्चार्जा रबि भुषण यादबको  सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी गतिविधि गर्ने तस्करहरुलाई धमाधम पक्राउ गर्ने थालेपछि अहिले तस्करहरु पर्सा जिल्लावाट पलायन भएको छन्।भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि कमि आएपछि पर्सा जिल्लाका बासिहरु क्राईम ब्रान्च प्रमुख यादब र प्रहरी उपरीक्षक पन्त संग निकैने खुशी रहेको पर्सा जिल्लाका स्थानिय जितेन्द्र कुशवाहाले  बताउनु भयो।

जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको

प्रहररी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको बताइन् ।

पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरिन । पन्त भन्छिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोही गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *