धरानबाट दुई केजी गाँजासहित एक पक्राउ

अनलाईन न्युजपाटी बिराटनगर, समाचारदाता, साउन १० गते

धरानबाट २ केजी प्रतिवन्धित लागू औषध गाँजा एक जना पक्राउ परेको छ।

धरान उपमहानगरपालिका २० बिष्णुपादुका स्थित अस्थायी प्रहरी चौकी बिष्णुपादुकाले गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

राती ८ बजेको समयमा धनकुटा सागुरीगढी ९ बस्ने सुजन राईले साथमा बोकेको झोला चेकजाँच गर्दा सो झोला भित्र प्लाष्टीकमा लुकाई राखेको अबस्थामा जम्मा २ केजी प्रतिवन्धित लागू औषध गाँजा फेला परेको थियो ।

ज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि लागु औषध गाँजा मुद्धाको अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *