एकजना हुण्डी कारोबारी १९ लाख ९१ हजार नगदसहित काठमाडौंबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता, साउन १० गते

प्रहरीले एकजना हुन्डी कारोबारीलाइ ठूलो रकमसहित पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको  बिशालबजारबाट ती कारोबारीलाइ प्रहरीले पक्राउ गरेको हो ।

स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपानेलाई प्रहरीले पक्राउ परेका हुन् ।

पक्राउ परेका न्यौपानेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाइने महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *