जनकपुरधाममा पनि सोमबार राति १२ देखि निषेधाज्ञा लागू हुने

अनलाईन न्युजपाटी, जनकपुरधाम, समाचारदाता, साउन १८ गते

विश्व व्यापी महामारी  कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

नका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *