अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १९ गते
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
मन्त्री शाहले ट्वीटमार्फत् आफूमा कोभिड-१९ को प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोनाभाइरस देखिएको जानकारी गराएका हुन्। उनी चिकित्सकहरूको सल्लाहमा अस्पताल भर्ना भएका छन्।

मन्त्री शाहले ट्वीटमार्फत् अनुरोध गर्दै भने “म तपाईलाई अनुरोध गर्दछु कि तपाईंहरु जो पछिल्लो दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, तपाई पनि कोभिड-१९ को जांच गराउनुस ।
कर्नाटकका भाजपा सरकारका मुख्यमन्त्री बीएस येदियुरप्पाले रात ११:00 ट्वीट गरेर भने कि उनीहरू पनि कोरोना भाइरसबाट संक्रमित भेटिएको छ। येदियुरप्पाले यो पनि भने कि उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूले तपाई पनि कोभिड-१९ को जांच गराउनुस ।
