अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन १९ गते
आज जनैपूर्णिमा तथा रक्षा बन्धन, तागाधारी समुदायले मुलुकभर विशेष महत्वका साथ मनाउँदै छन् । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ ।
यस दिन सनातन वैदिक धर्मावलम्बीले पूरानो जनैको सट्टा नयाँ जनै लगाउने गर्दछन् भने आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन समेत छ।
आजै रक्षाबन्धन पनि मनाइँदै छ । भाई बहिनिको पर्ब भनेर चिनिने यो रक्षाबन्धन आज विधिसाथ मनाइँदै छ ।
आजको दिनमा दिदि / बहिनिले आफ्नो ठुलो दाई वा भाईलाई दिर्घ आयुको कामनाको लागि यो पर्ब मनाउ छन्। साथै आजको दिनमा दाई वा भाई ले विभिन्न प्रकारको मिठाई दिदि / बहिनिलाई उपहार दिने चलन छ।