जनकपुरधामका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणका कारण मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन २८ गते

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मंगलबार राति काठमाडौंमा मृत्यु भएको छ । ७३ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार राति काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 

१५ दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

जनकपुरको मिल्स एरियास्थित रामाहोटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो।

मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *