अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३ गते
राष्ट्रकवि माधव प्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो । स्वासप्रश्वासको समस्यापछि लैनचौरस्थित निज निवासमा उपचारारत घिमिरेको मंगलबार साझ ५:५५ बजे निधन भएको थियो ।

यसैबीच राष्ट्रकवि घिमिरेको अन्त्येष्टि आज विहान १० बजे गरिने छ । अन्त्येष्टिमा नेपाली सेनाले विशेष सम्मान दिने भएको छ । उहाँको पार्थीव शरीरलाई हिजो राति सेनाले उहाँकै निवासमा राखेको थियो ।
उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेखजस्ता अनेकौं विधा र उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभाका धनि हुन् ।
राष्ट्रकविबाट सम्मानित घिमिरेलाई वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो भने २०७५ सालमा महाउज्वल पदकबाट सम्मानित गरिएको थियो ।
घिमिरेले २०५४ सालमा हिमालपारि हिमालवारिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएका घिमिरेले वि.सं.२०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि पनि साझा पुरस्कार प्राप्त गरेका थिए ।