अछामको रामारोशन गाउँपालिकामा बाढीले एउटा बस्तीनै बगायो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३ गते

अछामको रामारोशन गाउँपालिकामा बाढीले बगाएका ६ जनाको शव भेटिएको छ। अझै पनि ११ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

मंगलबार राति आएको बाढीले रामारोशन गाउँपालिका वडा नम्बर – ५ सैनिबजारबाट बगाएका १७ जनामध्ये ६ जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउँदले जानकारी दिए। उनले भने ‘गाउँपालिकाको टोलीले दुई जनाको शव भेटेको र प्रहरीको उद्दार तथा खोज टोलीले चार जनाको शव भेटेको छ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *