अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, भदौ ३ गते
भारतको झारखण्डका स्वास्थ्यमन्त्री बन्ना गुप्ता तथा पूर्वउपमुख्यमन्त्री सुदेश महतोमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यी दुवै नेताको कोरोना परीक्षणको नतिजा मंगलबार राति आएको हो ।
मन्त्री बन्ना गुप्ता मंगलबार झारखण्डको क्याबिनेट बैठकमा सहभागी समेत भएका थिए । त्यसमा मुख्यमन्त्री र अन्य मन्त्रीहरु पनि सहभागी थिए । त्यसैले अब उनीहरु सबै क्वारेन्टिनमा बस्ने तयारी भएको छ ।
यसअघि झारखण्डमा स्वच्छतामन्त्री मिथिलेश ठाकुरमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।