नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एघार जनाको मृत्यु कुल संख्या १३७

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ५ गते

विगत २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक महिला सहित दश पुरुष गरि ज्यान एघार जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्रिफिङ क्रममा थप एघार जनाको कोरोनाबाट ज्यान गएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मोरंग, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर चितवन, मकवानपुर, दोलखा र प्युठानबाट एक-एक जना गरि एघार जनाको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या १३७ पुगेको छ । मृत्यु हुनेमा १०५  पुरुष र ३२ महिला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *