ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते

ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको हो । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको ज्यान गएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो ।

उता सिरिजंघा गाउँपालिकामा पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाइतेको तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *