वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारी कोरोना संक्रमित, अस्पतालको सेवा पूर्ण रुपमा बन्द

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते

वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजिटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले आज मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्ण रुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *