अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते
गण्डकी प्रदेशमा आज थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कास्कीका २३ जना, लमजुंगका ४ जना, नबल्परासीका ७ जना र तनहु का १ जना गरि ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२४५ पुगेको निर्देशनालयले गण्डकीले जनाएको छ |
तनहुँ जिल्ला, सुक्लागण्डकी-१ का संक्रमित महिला पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ | कास्की जिल्ला, पोखरा महानगरपालिका-१७ का २० जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ | लमजुङ जिल्ला, सुन्दरबजारका-२ का ५० बर्षीय पुरुष ओमानबाट आउनुभएको हो भने सुन्दरबजार-९ का ४९ बर्षीय महिला स्थानीय किराना पसल संचालक हुनुहुन्छ |
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ |