अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते
कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको उपचारका क्रममा बुधबार (आज) बिहान मृत्यु भएको हो ।

ब्लड प्रेसरकी बिरामी ती महिलाको आईसीयुमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।
संक्रमित महिलामा उच्च रक्तचापलगायत दीर्घ रोग रहेको र संक्रमणपछि ज्वरो आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या देखिएको जानकारी दिए ।