नेपालमा आज कोरोना सङ्क्रमण थप १२ जनाको मृत्युको पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १७ गते

नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या २५१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ महिला सहित ६ जना पुरुष गरि १२ जनाको ज्यान गएको जानकारी दिए ।

उनका अनुसार चितवनको १८ बर्सिय र ५५ बर्सिय दुई महिला, काठमाडौँको ८९ बर्सिय एक महिला, ललितपुरको ७० बर्सिय एक महिला, तनहूँको २० बर्सिय महिला र कपिलबस्तुको ६० बर्सिय एक महिला गरि ६ जनाको मृत्यु भएको छ ।

बाराको ९७ एक जना पुरुष, चितवनको ६२ बर्सिय एक जना पुरुष, भक्तपुरको ४० बर्सिय एक जना पुरुष. काठमाडौँको ७० र ७५ बर्सिय गरि दुई जना र धादिङ्गको ४७ एक जना पुरुषको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *