अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २३ गते
नेपालमा आज थप ६ जना जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ जना महिला सहित ५ जना पुरुष गरि ६ जनाको ज्यान गएको छ ।
उनका काठमाडौँको ८० बर्सिय एक महिलाको मृत्यु भएको छ ।
सुनसरीको ७० बर्सिय एक पुरुष, पर्साका दुई जना ५४ र ६० बर्सिय दुई पुरुष, काठमाडौँको ८५ बर्सिय एक पुरुष, कपिलबस्तुको ६२ बर्षीय एक पुरुष गरि ५ पुरुषको ज्यान गएको छ ।