अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते
गण्डकी प्रदेशमा आज बिहान ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ। नयाँ संक्रमितहरुमा कास्कीका ९ जना, बाग्लुंग १ नबलपरासी १ रहेका छन् ।

बाग्लुंग तमानखोलाका एक जना, गैडाकोटका एक जना गरि जम्मा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ| यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७२ पुगेको छ ।